IME Life

दोहोरो अंकले बढ्यो बजार, बीमा समूहमा १५१ अंकको वृद्धि

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । योसाता लगातार दुई दिन २० अंकले घटेको बजार आज १५ दशमलव ६५ अंकले घटेर १ हजार ३ सय ६१ दशमलव ०२ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह बढेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी १५१ दशमलव २३ अंकले बढेको छ । त्यस्तै होटल समूह ४३ दशमलव ८८ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह ३५ दशमलव ७६ अंकले, जलविद्युत समूह २० दशमलव ३ अंकले, विकास बैंक समूह १८ दशमलव १७ अंकले, बैंकिङ समूह ११ दशमलव ७४ अंकले, फाइनान्स समूह शुन्य दशमलव १४ अंकले र अन्य समूह शुन्य दशमलव ०६ अंकले बढेका छन् ।

Crest
Meta Holidays

कारोबार पनि देखियो सुधार

मंगलबार बजारमा १६५ कम्पनीका १४ लाख ३९हजार ३९३ कित्ता सेयर ५० करोड ६४ लाख ८९ हजार ३२२ रुपैयाँमा खरिद विक्री भएका छन् । सोमबार बजारमा ४३ करोड रुपैयाँको र अघिल्लो दिन आइतबार ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । जसमध्ये सिभिल बैंक लिमिटेडको सबैभन्दा बढी ९ करोड ३१ लाख रुपैयाँ बराबरको ५ लाख ७७ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएका छन् । आज कम्पनीको शेयर मुल्य पनि प्रतिकित्ता ३ रुपैयाँ बढेर १६८ रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x