IME Life

अन्तत: नआउने भो शिखर इन्स्योरेन्सको एफपीओ, यस्तो आयो सुचना

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ । संस्थापक र साधारण सेयरधनीको अनुपातमा ६० : ४० कायम गर्न कम्पनीले संस्थापक सेयरधनीलाई साधारण सेयरमा रुपान्तरण गर्ने लागेको हो ।

हाल शिखर इन्स्योरेन्समा संस्थापकको सेयर स्वामित्व ७० सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहेको छ । कम्पनीले १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिमार्जन गर्न लागेको हो । यसअघि शिखर इन्स्योरेन्सले १० प्रतिशतले सर्वसाधारणको हिस्सा बढाउन एफपीओ निष्कासन प्रक्रिया अगाडि सारेको थियो । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार अहिले कम्पनीले तत्काल नै एफपीओ बिक्री गर्न नपाउनेभएपछि सो प्रक्रिया अपनाएको बताएको छ ।

Crest
Meta Holidays

 

कम्पनीले संस्थापक सेयरधनीलाई आफनो स्वामित्व साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने स्पष्ट पार्न एक सुचना जारी गरि अुनरोध गरेको छ । संस्थापक सेयर परिर्तन गर्ने वा नगर्ने स्पष्ट पार्न पार्नका लागि कम्पनीले आउदो ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो ।

कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको र कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन समेत गरिसकेको कम्पनीले नियामक बीमा समितिबाट स्वीकृति पनि प्राप्त गरिसकेकोे उल्लेख गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x