IME Life

गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं । पछिल्लो पटक बैंकान्स्योरेन्स सम्झौतामा आक्रामक बनेको  रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड  बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

Crest
Meta Holidays

विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स पनि एक महत्वपूर्ण कार्य रहेको यस बैंकका सीईओ ढकालले बताए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति सुहाँउदा विभिन्न किसिमका नयाँ–नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिका लागि इन्स्योरेन्सले गरिमा विकास बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा सञ्जाल प्रयोग गरी देशका कुना-कुनामा बीमाको पहुचँ बिस्तार गर्ने आशा लिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x