IME Life

परिसुचकसँगै सेयर कारोबारमा उच्च गिरावट

SPIL
NIC ASIA

काठमाडौं, वैशाख २३ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । गतसाताको अन्तिम दिन बिहीबार उकालो लागेको बजार आज भने गिरावट आएको हो ।

आइतबार नेप्से परिसुचक १२ दशमलव ५१ अंकले घटेर १ हजार ३ सय ५३ दशमलव ६४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज कारोबारमा आएका अधिकांश समूहमा गिरावट आएसँगै समग्र बजार पनि झरेको हो । जसमध्ये बीमा समूह सबैभन्दा बढी ६८ दशमलव ३२ अंकले घटेको छ । त्यस्तै होटल समूह ३१ दशमलव ०७ अंकले झरेको छ ।

Prabhu
Crest

कारोबारमा ५२ प्रतिशतको गिरावट

आइतबार परिसुचक दोहोरो अंकले झरेसँगै कारोबारमा पनि उच्च गिरावट आएको छ । आज १६० कम्पनीको ३६ करोड १६ लाख ९६ हजार ७६३ रुपैयाँको सेयर किनबेच भएको छ । जसन अघिल्लो दिनको तुलनामा करिब ५२ प्रतिशतले कमी हो । गतसाताको अन्तिम कारोबार बिहीबार बजारमा १६९ कम्पनीको ७६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबार खुलेदेखि नै मन्द गतिमा ओरालो लागेको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बैंकको २ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै बुटवल पावर कम्पनीको एक करोड ८९ लाख, नेपाल लाईफ इन्स्योरेन्सको १ करोड ५५ लाख रुपैयाँ, स्वदेशी लघुवित्तको १ करोड ५२ लाख र शिखर इन्स्योरेन्सको १ करोड १९ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएका छन् ।

सर्वाधिक कमाउनेमा एभरेष्ट बैंकका संस्थापक, गुमाउनेमा सांग्रिला डेभलपमेन्टका लगानीकर्ता
आइतबार सर्वाधिक कमाउनेमा एभरेष्ट बैंकका संस्थापक सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य ७ दशमलव ७६ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ४ दशमलव ८५ प्रतिशतले बढेको छ । गुमाउनेमा भने आज सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य आज ६ दशमलव २५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS