महुली सामुदायिक लघुवित्तको हकप्रद आउने, अनुमतिका लागि पुग्यो बोर्ड

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं, वैशाख २३ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा हकप्रद निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्ने भएको हो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६ करोड पूँजी रहेको लघुवित्तको ३ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री पश्चात पूँजी ९ करोड पुग्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार