IME Life

प्रतिस्पर्धी बन्दै सूर्या लाइफ इन्स्योरेन्स नयाँ बोनशदर प्रतिहजार ७३ रुपैयाँसम्म

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं (बैशाख २३): सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर घोषणा गरेको छ । कम्पनीले बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम् ३८ देखि ७३ रुपैयाँसम्म बोनस दिने भएको हो ।

सम्बन्धित बिमाङ्किय मुल्यांकनकर्ता/एक्चुरिले निर्धारण गरेको मुल्यांकनलाई नियामक बीमा समितिले बिहीबार स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर घोषणा गरेको हो । गत आर्थिक वर्ष २०७३/०७४ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको (बिमाङ्किय) मूल्याँकन सम्बन्धित बिमाङ्किय प्रतिवेदन सगै कम्पनीको बोनसदर परिबर्तन भएको छ।

Crest
Meta Holidays

गत असार मशान्तसम्म जारी भएका जीबन बीमालेखहरुमा नयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ९ वर्षसम्मको बीमालेखमा सावधिक तथा आजीवनमा प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्षमाथि ७३ रुपैयाँ बोनसदर तोकिएको छ ।

सामान्यतया नेपालमा १५ वर्षको बिमा गर्ने प्रचलन धरै छ, अब कम्पनीको नयाँ बोनसदर अनुसार बिमा गर्दा अन्य प्रतिस्पर्धीकै हारा-हारीमा कम्पनी पुग्न थालेको देखिन्छ । नेपालमा हालसम्म जिबन बिमा कम्पनीहरुले प्रति वर्ष प्रतिहजारमा ८५ रुपैयाँ सम्म बोनसदर घोसणा गरेका छन्, बोनशदर कम्पनीको ब्यबसाय र मुनाफामा निर्भर हुनेहुदा समय अनुकुल परिबर्तन हुदै जाने गरेको छ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x