लाइफ इन्स्योरेन्स कर्पोरेशन नपाल र सांग्रिला डेभलपमेन्ट बैंक विच बैंकासुरेन्स सम्झौता

Citizen Life Insurance Co

काठमाडौं, वैशाख २१ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नपाल र सांग्रिला डेभलपमेन्ट बैंक विच बैंकासुरेन्स सम्झौता भएको छ ।

बैंक र कम्पनी बिच शुक्रवार एक कार्यक्रमका बिच सम्झौता भएको हो । सम्झौता पश्चात सांग्रिला बैंकका ग्राहकहरुले बंैकको जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पुर्ण सेवा सहज रुपमा लिन सकिने उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा इन्स्यारेन्स कर्पोरेशन कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजीत घोस दास्तिदार र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

साथै शुक्रवार नै एक विज्ञप्ती जारी गरि बैंकले आफ्ना ४० शाखाहरुबाट बैंकिङ सेवा अतिरित्त सेवामा विविधकरण गदै बीमा सेवा पनि प्रदान गरेको लागको विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार