‘माछा बीमा’ बाट पौने २ करोड प्रिमियम संकलन

Citizen Life Insurance Co

काठमाडौं, वैशाख २० । चालु आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो आठ महिनामा माछा बीमा अन्तर्गत पौने २ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । बीमा समितिले दिएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार फागुन मसान्तसम्म माछा बीमाबाट कुल १ करोड ७१ हजार ७ सय ३६ रुपैया प्रिमियम संकलन भएको छ । पछिल्लो आठ महिनामध्येसबैभन्दा बढि मंसिर महिनामा १८ लाख १४ हजार ८० र सवैभन्दा कम फागुन महिनामा ७ लाख ९६ हजार प्रिमियम संकलन भएको छ ।
सोही अवधिसम्म यस बीमाबाट ७६ करोड २७ लाख ६० हजार १ सय ४२ बीमाङ्क संकलन भएको छ ।

त्यस्तै कुल ७५ लाख ५३ हजार ३ सय ८० रुपैया बराबरको अनुदान र १९ लाख ७७ हजार ५ सय ३६ बीमा दाबी भुक्तानी भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार