IME Life

प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर, काठमाडौं, वैशाख २० । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रदेश कार्यालय धनगढीको सञ्चालनमा ल्याएको छ । कम्पनीले विहिबारदेखि उक्त प्रदेश कार्यालयको औपचारिक रुपमा नै शुभारम्भ गरेको हो ।

उक्त कार्यालयको शुभारम्भ प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टूले बिहीबार एक कार्यक्रमकाबीच गरे । कार्यक्रमको उद्धघाटन गर्दै मुख्य मन्त्री भट्टूले नेपालमा जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले थप उक्तदायी भएर सहज रुपमा जीवन बीमा सेवा उपलब्ध गराउन बिशेष भुमिका खेल्नु पर्नेमा जोड दिए ।

Crest
Meta Holidays

प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने उनको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले व्यवसायीहरुलाई लगानीमैत्री कानुन बनाई व्यावसायीक बातावरण बनाउन प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे । उनले शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्ने प्रतिबद्धता जनाए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न १९ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र छिटो भन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने योजना रहेको जानकारी गराए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु तथा प्रदेश नं. ७ मा रहेका विभिन्न कार्यालय तथा संकायहरुमा सम्बद्घ अतिथि लगायत स्थानिय प्रतिष्ठित व्यक्तिहरुको उपस्थित थियो ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४० करोड संस्थापक शेयरधनीले लगानी गरेका छन् । कम्पनीले केही महिनाभित्रैमा ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

यो पनि हेर्नुहोस्

आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रभु लाइफले बोलायो पहिलो साधारणसभा

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x