IME Life

सिटिजन लाइफ इन्स्योरेन्सको नारायणगढमा शाखा विस्तार, शाखा संख्या ३६ पुग्यो

SPIL
Sanima Reliance

नारायणगढ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका प्रमुख कार्यकारी(सिईओ) अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् ।

द्घाटन कार्यकम्रमा कम्पनीका सिईओ पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने कम्पनीको विश्वास छ । साथै, कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भूक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएको सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।

Crest
Meta Holidays

यस शाखा सहित हाल कम्पनीले अधिराज्यभर ३६ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्धारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x