SKIP THIS

Sun Securities
IME Life

अब मुस्ताङका स्याउको मौसम सूचकाङ्क बीमा, शिखर इन्स्योरेन्सले गर्यो शुरु

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर, काठमाडौं, वैशाख २० । मुस्ताङका स्याउको मौसम सूचकाङ्क बीमा कार्यक्रम शुरु भएको छ । निर्जीवन बीमा कम्पनीमध्येको अग्रणी शिखर इन्स्योरेन्स कम्पनीले यूके एडको सक्षम परियोजनाको सहयोगमा उक्त बीमा योजना शुरु गरेको हो ।

मुस्ताङका स्याउ किसानलाई लक्षित गरी ल्याइएको उक्त बीमा कार्यक्रमको मंगलबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरे ।

Crest
Meta Holidays

उक्त कार्यक्रमअन्तर्गत शिखर इन्स्योरेन्सले मार्फामा रहेको मौसम स्टेशनले उपलब्ध गराएको डाटाका आधारमा क्षतिपूर्ति प्रदान गर्नेछ । जसअन्तर्गत जेठ र असार महीनामा ४० मिलिलिटरभन्दा कम वर्षा भयो भने किसानले क्षतिपूर्ति दाबी गर्न पाउनेछन् ।

त्यस्तै उक्त बीमा कार्यक्रमले असिना पानीबाट हुने हानि नोक्सानीको पनि क्षतिपूर्ति प्रदान गर्ने बताइएको छ । यो बीमामा सहभागी हुन कृषकले मौसम सूचकाङ्कका लागि २ प्रतिशत र असिनापानीका लागि शून्य दशमलव २५ प्रतिशत प्रिमियम तिर्नुपर्ने छ ।

शिखर इन्स्योरेन्सले एक हजार पाँच सयओटा मौसम सूचकाङ्क बीमासम्बन्धी पोलिसी जारी गरिसकेको जानकारी दिएको छ । यस परियोजना अन्तर्गत ८ करोड ९० लाख रुपैयाँ बराबरका ४१ हजार ३ सय ९७ ओटा स्याउका रूखको बीमा गरिएको बताइएको छ ।

मुस्ताङमा शिखरको शाखा सञ्चालन गर्नुअघि नै छ सय स्याउका रूखको बीमा गरिसकेको पनि बताइएको छ । सन् २०१६ मा सक्षम परियोजनाले पहिलोपटक जुम्लाका स्याउ कृषकलाई यस्तो बीमाको शुरु गरेको थियो ।

मुस्ताङ र जुम्लाका साथै मुगु, कालिकोट र डोल्पामा पनिसक्षम परियोजनाले यस्तो कार्यक्रम गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x