IME Life

अन्तत दोहोरो अंकले बढ्यो बजार, बीमा समूहमा १०७ अंकको वृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १९ । बुधबार सेयर बजार परिसुचक नेप्से उतारचढावकाबीच दोहोरो अंकले बढेको छ । कारोबारको सुरुवातमा सकारात्मक नदेखिएको बजार अन्त्यमा ११ दशमलव ३७ अंकले बढेर १ हजार ३ सय ६० दशमलव ३८ को बिन्दुमा बजार बन्द भएको हो ।

आज कारोबारमा आएका नौ समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहमा वृद्धि देखिएको छ । जसमध्ये बीमा समूह १०७ दशमलव ०१ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह ४६ दशमलव ३६ अंकले, जलविद्युत समूह २६ दशमलव ३ अंकले, होटल समूह २३ दशमलव ४५ अंकले, अन्य समूह १६ दशमलव ० अंकले, विकास बैंक ८ अंकले र बैंकिङ समूह २ दशमलव ७१ अंकले बढेका छन् ।

Crest

स्वदेशी लघुवित्तको सर्वाधिक कारोबार

बुधबार परिसुचक बढेपनि कारोबार रकममा भने कमी आएको छ । आइतबार ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा यसदिन १५८ कम्पनीको ३८ करोड ६ लाख ८ हजार ६५३ रुपैयाँको सेयर खरिदबिक्री भएका छन् । सोमबा बुद्ध जयन्ती र मंगलबार अन्तराष्ट्रिय श्रमिक दिवसमा सार्वजानिक बिदा परेकाले सेयर कारोबार भएको थिएन ।

आज सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर किनबेच भएको छ । कम्पनीको २ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै नेसनल लाईफ इन्स्योरेन्स, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, ग्रामीण विकास बैंक लघुवित्त वित्तीय संस्था र नबिल बैंकको १ करोडभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

मितेरी डेभलपमेन्टको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक सेयर किनबेच भएको स्वदेशी लघुवित्तको सेयर भाउ पनि ९ दशमलव ९७ प्रतिशतले बढेको छ । गुमाउनेमा भने आज सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मुल्य ६ दशमलव ९१ प्रतिशतले घटेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS