IME Life

सहारा विकास बैंकको २५० प्रतिशत हकप्रद जेठ ६ देखि निष्कासन हुने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १९ । सहारा विकास बैंकले चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८ लाख २४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको हो ।

हकप्रदमा बैशाख ९ गतेसम्म कायम शेयरधनीले जेठ ६ गतेदेखि असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटलले रहेको छ ।

Crest

हालको बैंकको चुक्ता पूँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ र हकप्रद बिक्रीपश्चात बैंकको २५ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । बैंकको हकप्रदलाई इक्रा नेपालले ’इक्रा एनपि आइपिओ ग्रेड ५’ प्रदान गरेको छ । जसले बैंकको अवस्था कमजोर रहेको संकेत गर्दछ । हकप्रद निष्कासन पश्चात बैंकमा संस्थापक शेयरधनीको स्वामित्त ५१ प्रतिशतसर्वसाधारण शेयरधनीको ४९ प्रतिशत पुग्नेछ ।

हकप्रदमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल तथा यसका शाखा कार्यालयहरु, सहारा विकास बैंकका शाखा कार्यालयहरु र सीआस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS