IME Life

म्यादी बीमाबाट १ अर्ब ८८ करोड प्रिमियम संकलन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १७ । जीवन बीमा कम्पनीले वैदेशिक रोजगार (म्यादी) बीमाबाट १ अर्ब ८८ करोड प्रिमियम संकलन गरेका छन् । बीमा समितिले दिएको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

समितिले दिएको चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार १८ लाख २६ हजार ९८ जनाले वैदेशिक रोजगार बीमा गरेका छन् ।फागुनमा मात्र ७३ हजार ८ सय ८ जनाले वैदेशिक रोजगार बीमा गरेको समितिले जानकरी दिएको छ ।

Crest

रोजगारका लागि विदेश जाने व्यक्तिले अनिवार्य रूपमा यो बीमा गर्नुपर्ने हुन्छ । यसकारण सङ्ख्यात्मक हिसाबमा अन्य जीवन बीमाभन्दा यसमा मानिसको सङ्ख्या बढी भएको समितिको भनाइ छ ।

कम्पनीहरूले माघ मसान्तसम्ममा वैदेशिक रोजगार बीमाबाट १ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । माघको तुलनामा अहिलेको प्रिमियम संकलन १५ दशमलव ०७ प्रतिशतले बढी हो ।

यस्तै, फागुन मसान्तसम्ममा अन्य जीवन बीमाबाट २६ अर्ब १९ करोड ३० लाख बीमाशुल्क आर्जन भएको देखिएको छ । समग्रमा चालू आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७ करोड ३४ लाख बीमाशुल्क आर्जन गरेका छन् । माघ मसान्तसम्म कम्पनीहरूले २४ अर्ब ३८ करोड ३६ लाख बीमाशुल्क आर्जन गरेका थिए ।

सरकारले नै वैदेशिक रोजगारीमा जाँदा अनिवार्य बीमा गर्ने नीति लिएसँगै बीमा कम्पनीलाई वैदेशिक रोजगार क्रममा गरिने बीमाले प्रिमियम संकलनमा सघाउ पुर्याएको छ भने वैदेशिक रोजगारको क्रममा हुने जोखिमबाट पनि बीमितलाई रक्षा गर्दछ । तर, पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै जाँदा बीमा कम्पनीहरुमा पनि यसको प्रभाव पर्ने गरेको देखिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS