Prabhu Life Ad Final

अघि बढ्यो नेपाल बैंकको एफपीओ प्रक्रिया, कसलाई रोज्यो बिक्री प्रबन्धक ?

IME PAY

काठमाडौं, वैशाख १६ । नेपाल बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन प्रक्रिया अगाडि बढाएको छ । बैंकले प्रिमियम मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।

नेपाल बैंकले सरकारको सेयर स्वामित्व कम गर्नका लागि सेयर जारी गर्न लागेको हो । हाल ६२ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल बैंकमा एफपीओ निष्कासनपश्चात ५१ प्रतिशतमा सीमित हुनेछ ।

NCHL

प्रिमियमा एफपीओ निष्कासन गर्ने भनिएपनि कति प्रिमियम राख्ने भन्ने तय भइनसकेको बैंकले जनाएको छ ।

सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौंतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे ।

बैंकको गत माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले एफपीओ निष्कासन प्रस्ताव गरेको थियो भने बैंकको फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x