IME Life

अन्योलमा लगानीकर्ता, परिसुचक र कारोबार दुवै घट्यो

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १६ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से घटेर बन्द भएको छ । गतसाताको दोस्रो दिन देखि लगातार झरेको नेप्से आज ८ दशमलव २१ अंकले घटेर १ हजार सय ४९ दशमलव ०१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

परिसुचकसँगै आइतबार रकममा पनि गिरावट आएको छ । गतसाताको अन्तिम दिन ६३ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा आज १६१ कम्पनीको ४० करोड ३५ लाख ३८ हजार ६८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा २८ प्रतिशतभन्दा बढीले कमी हो ।

Crest
Meta Holidays

यस दिन दशसमुहहरुमध्ये पाँच वटा समुह बढेका छन् भने पाँच समूह घटेको देखिन्छ जसमध्ये बैंकिङ समूह सबैभन्दा उच्च अंकले झरेको छ । सबैजसो वाणिज्य बैंकको तेस्रो त्रैमासिक रिपार्ट सार्वजानिक भइसकेको अवस्थामा बैंकहरुमा लगानीकर्ताको आकर्षण घट्न गएको देखिन्छ । त्यस्तै अन्य समूह ८ दशमलव ७ अंकले, फाइनान्स समुह ५ दशमलव ८१ अंक, लघुवित्त समुह ४ दशमलव ०७ अंक र जलविद्युत समुह १ दशमलव २३ अंकले घटेका छन् ।

आज सबैभन्दा बढी होटल समुह ३५ दशमलव १८ अंकले बढेको छ । त्यस्तै उत्पादक तथा प्रशोधन समुह ८ दशमलव १८ अंक, विकास बैंक समुह ४ दशमलव ४३ अंक, बीमा समुह २ दशमलव ४१ अंक र ट्रेडिङ समुह शुन्य दशमलव ७६ अंकले बढेका छन् ।

सर्वाधिक कमाउनेमा स्वदेशी, गुमाउनेमा बरुण हाइड्रो

आइतबारको बजारमा सवाधिक मुनाफा कमाउने स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् । आज कम्पनीको सेयर मूल्य ९ दशमलव ९४ प्रतिशत रहेको छ । त्यस्तै नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५ दशमलव ४३ प्रतिशत रहेको छ । त्यस्तै गरी सर्वाधिक गुमाउनेमा बरुण हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य ७ दशमलव ७७ प्रतिशत झरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x