यस्तो देखियो प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था !

Citizen Life Insurance Co

काठमाडौं, वैशाख १६ । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले नौ महिनाको अवधिमा १४ करोड ३१ लाख रुपैयाँ कमाएको छ । कम्पनीको जगेडा कोषमा ९४ करोड ८२ लाख रुपैया संचित छ । त्यस्तै जीवन विमा कोषमा ५ अर्ब ९८ करोड र महाविपत्ति कोषमा ८ करोड ४९ लाख रुपैया रहेको छ ।

कम्पनीले विमा शुल्कबाट खुद १ अर्ब ४५ करोड आम्दानी गरेको छ भने कम्पनीले १८ करोड ७८ लाख खुद दावी भुक्तानी गरेको छ ।
कम्पनीले १ करोड ७६ लाख बराबरको दावी भुक्तानी गर्न बाँकि छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा रहेको छ ।

महत्वपूर्ण सुचकहरु :

प्रति शेयर आम्दानीको ट्रेन्ड

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार