Prabhu Life Ad Final

कामना सेवा विकास बैंकको ८ लाख ४९ हजार कित्ता सेयर वैशाख २४ देखि लिलामीमा

IME PAY

काठमाडौं बैशाख १६ : कामना सेवा विकास बैंकले ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले सर्वसाधारण समूहको २ लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक समूहको ६ लाख ३७ हजार ८१६.९३ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा वैशाख २४ देखि ३१ गतेसम्म आवेदन दिने पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी रकम बोलकबोल गर्नपर्नेछ ।

संस्थापक र सर्वसाधारण समूहमा क्रमशः न्यूनतम १००० र १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।

NCHL

यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । कामनाले माघ १५ देखि चैत ५ गतेसम्म १५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x