Prabhu Life Ad Final

गुराँस लाइफले गर्यो नयाँ योजनाको पुनर्ताजगी

IME PAY
IME Life

काठमाडौं, वैशाख १६ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ योजनाको जानकारी गराउन पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
गोदावरी नगरपालिका–२ मा कम्पनीको शाखा कार्यालय अत्तरियाले अभिकर्ताहरुलाई नयाँ योजनाको जानकारी गराउन शनिवार पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको थियो ।

५० जना अभिकर्तासहितको सहभागिता रहेको कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रशिक्षक तारासिंह बम तथा अधिकृत राजेश जोशीले प्रशिक्षण दिनुभएको थियो ।

सोही अवसरमा उत्कृष्ट तीन अभिकर्ता तुलसी कडायत, जयबहादुर कुवँर तथा कोपिला चौधरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS