IME Life

बिमा फाइदा होइन, सुरक्षा हो:मुना कुँवरको बिस्लेषण

SPIL
Sanima Reliance

जोखिम चारैतिर छ । भूकम्पीय दृष्टिकोणले नेपाललाई विश्वकै अति जोखिमयुक्त देश मानिन्छ । बाढी–पहिरो, विभिन्न खालका रोग, महामारी, दुर्घटनाले बर्सेनि धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । अर्थात्, हामी कुनै पनि समय दुर्घटनाको सिकार हुन सक्छौँ । झन् अहिले त प्रविधिको विकाससँगै नयाँ खालका जोखिमको सिर्जना भइरहेको छ । यस्तो अवस्थामा हुन सक्ने आर्थिक क्षतिलाई कम गर्न अपनाइने सुरक्षाकवच नै बिमा हो ।

जीवन र निर्जीवन गरी बिमा दुई प्रकारका हुन्छन् । जीवित व्यक्तिको बिमा जीवन बिमा हो भने भौतिक सम्पतिको बिमा निर्जीवन बिमा हो । मानिसले आफ्नो आर्थिक अवस्था र जोखिमको अवस्थालाई हेरेर बिमा योजना खरिद गर्न सक्छन् ।

Crest
Meta Holidays

किन गर्ने बिमा
कुनै पनि जोखिमले दिने पीडा लामो समयसम्म रहिरहन्छ । त्यस्तो जोखिमबाट आर्थिक राहत पाउन बिमा गर्नुपर्छ । त्यसो त मानिसले आफ्नो मृत्युका बारेमा सन्न मन पराउँदैनन्, तर यसो भन्दैमा मानिस अमर पनि रहँदैन । कतिपय मानिस आफ्नो मृत्युपछि अरूका लागि किन सोच्ने भन्ने तर्क पनि राख्छन् ।

नेपालको परिवेशमा एकजना व्यक्तिको आम्दानीले पाँचजना व्यक्ति पालिन्छन् । यदि आम्दानी गर्ने व्यक्तिलाई केही भयो भने आश्रित परिवारको हालत के होला ? यस्तो सोचेर पनि आफूमा आश्रित व्यक्तिको लागि बिमा गर्नु लाभदायक हुन्छ ।

 

जीवन बिमा योजना
जीवन बिमा योजनाले मानिस जीवित रहँदा तथा नरहँदा पनि आर्थिक सुरक्षा दिन्छ । बिमाको प्रकृतिअनुसार बिमा अवधि सकिएपछि बिमितले बिमांक रकम र उक्त अवधिको बोनस रकम प्राप्त गर्छ । त्यस्तै, यदि बिमा अवधिभित्रै बिमितको मृत्यु भयो भने आश्रित परिवारले बिमांक रकम प्राप्त गर्छ । जसका कारण मानिस नरहँदा पनि उसको परिवारले आर्थिक सुरक्षा प्राप्त गर्छ । त्यस्तै अशक्तता भएको समयमा पनि कम्पनीले बिमितलाई आर्थिक सुरक्षा प्रदान गर्छ ।

 

निर्जीवन बिमा योजना

निर्जीवन बिमा योजनाले भौतिक सम्पत्ति नष्ट वा क्षतिग्रस्त भएमा क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ । यस्तो बिमाले कुनै कारणवश सम्पत्ति क्षति भएमा मानिस सडकमै आउनुपर्ने अवस्थाबाट जोगाउँछ ।

बिमा योजना खरिद गरेपछि ध्यान दिनुपर्ने कुराहरू :
१. कम्पनीबाट दाबी भुक्तानी प्राप्त गर्न सक्कली बिमा योजना आवश्यक पर्छ । तसर्थ, कम्पनीबाट प्राप्त बिमा योजनालाई सुरक्षित राख्नुपर्छ । यसका बारेमा परिवारका अन्य सदस्यलाई पनि जानकारी दिनुपर्छ । ताकि, तपाईंलाई केही भएमा उनीहरूले भुक्तानी लिनु सकून् ।

२. बिमा योजनामा आफ्नो आधिकारिक नाम, उमेर र ठेगाना लेखाउनुपर्छ । यदि नागरिकताको नाम र घरमा बोलाउने नाम फरक छ भने दुवै स्पष्ट रूपमा बिमा प्रस्ताव फाराममा उल्लेख गराउनुपर्छ । कहिल्यै पनि नाम वैकल्पिक मात्रै उल्लेख गर्नुहुँदैन । अन्यथा पछि दाबी भुक्तानी लिन कठिन हुन्छ ।

३. बिमा योजना खरिद गरेपछि एकपटक राम्ररी अध्ययन गर्नुपर्छ । योजनामा विशेष जानकारी तथा सूचनाहरू राखिएको हुन्छ । यसलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्छ । केही त्रुटि भेटिएमा सम्बन्धित कार्यालयमा खबर गर्नुपर्छ । बिमा योजनामा शाखा कार्यालयको सम्पर्क योजनामा नै लेखिएको हुन्छ । यसलाई आफ्नो व्यक्तिगत डायरीमा पनि टिपेर राख्नुपर्छ ।

४. आफ्नो बिमा योजना नम्बर सधैँ याद राख्नुपर्छ । योजनामा तपाईंको नम्बर राखिएको हुन्छ । यसलाई आफ्नो डायरीमा पनि टिपेर राख्नुपर्छ ।

५. बिमामा बिमाशुल्क महत्वपूर्ण हुन्छ । बिमाशुल्क समयमा नै भुक्तानी गर्नुपर्छ । त्यसैले बिमाशुल्क भुक्तानी गर्ने मिति याद राख्नुपर्छ । अन्यथा जरिवाना तिर्नुपर्ने हुन्छ । निश्चित समयसम्म पनि बिमाशुल्क भुक्तानी नगरेमा बिमा योजना नै व्यतीत हुन सक्छ ।

६. बिमाशुल्क भुक्तानी गर्नुभन्दा पनि कसरी गर्ने भन्ने विषयमा सचेत हुनुपर्छ । विभिन्न बिमा कम्पनीहरूले आफ्ना बिमितहरूका लागि सुविधा दिएका हुन्छन् । कतिपय कम्पनीहरूको नियमअनुसार जुन शाखाबाट बिमा योजना खरिद गरिएको हो, सोही कार्यालयमा बिमाशुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै केही कम्पनीहरूले भने जुन शाखाबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गरेका हुन्छन् । त्यस्तै बैंकबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गरेका हुन्छन् । तसर्थ, आफ्नो कम्पनीको नियमबारे जानकार रहनुपर्छ ।

७. बिमा गर्दा बिमा योजनामा आफूले इच्छाएको व्यक्तिको नाम राख्न बिर्सनुहुँदैन । तपाईंको मृत्यु भएको अवस्थामा बिमांक रकम जसले पाओस् भन्ने चाहनुहुन्छ, उसको नाम बिमा योजनामा राख्नुपर्छ । यदि तपाईंले इच्छाएको व्यक्तिको नाम राख्नुभएको छैन भने आजै गएर राख्नुहोस् । यो कुनै पनि समयमा परिवर्तन गर्न सकिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x