IME Life

नयाँ जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन: फागुनसम्ममा रू.१ अर्ब १७ करोडभन्दा बढी

SPIL
Sanima Reliance

काठमाडौं । चालू आर्थिक वर्षदेखि कारोबार थालेका नयाँ ९ जीवन बीमा कम्पनीले बीमा व्यवसाय विस्तारका क्रममा बीमाशुल्क आर्जन बढाउँदै लगेका छन् । बीमा समितिले उपलब्ध गराएको फागुन मसान्तसम्मको वित्तीय अवस्थालाई आधार मान्दा १८ जीवन बीमा कम्पनीले रू. २८ अर्ब ७ करोड ३४ लाख ४१ हजार बीमाशुल्क आर्जन गर्दा नयाँ जीवन बीमा कम्पनीहरूले रू. १ अर्ब १७ करोड २४ लाख ६१ हजार आर्जन गरेका छन् ।

Crest
Meta Holidays

नयाँ कम्पनीहरूले माघ महीनाको तुलनामा फागुनमा ३२ दशमलव ५९ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेका हुन् । माघ मसान्तसम्ममा नयाँ कम्पनीहरूले रू. ८८ करोड ४२ लाख ५८ हजार बीमाशुल्क आर्जन गरेको बीमा समितिकोे तथ्याङ्कमा उल्लेख छ ।

फागुन मसान्तसम्म युनियन लाइफ इन्स्योरेन्स रकमको आधारमा बीमाशुल्क आर्जनमा सबैभन्दा अघि रहेको छ । माघ मसान्तसम्म रू. ३३ करोड ३ लाख ९१ हजार बीमाशुल्क आर्जन गरेको युनियनले फागुन मसान्तसम्ममा रू. ४० करोड १७ लाख ८४ हजार आर्जन गरेको छ । माघ महीनासम्म २८ हजार ३ सय ५९ बीमालेख कायम रहेकोमा फागुन मसान्तमा ७ हजार ६ सय ६५ बीमालेख बढाएर ३६ हजार २४ पुर्‍याएको छ । बीमा सुविधा सबैसामु पुर्‍याउन अभिकर्ता सङ्ख्या बढाउँदै उनीहरूको क्षमता विकासका लागि पनि कम्पनीले ध्यान दिएकाले बीमाशुल्क बढेको कम्पनीले बताएको छ ।

प्रतिशतको हिसाबमा माघको तुलनामा फागुनमा सानिमा लाइफको बीमाशुल्क आर्जन बढी छ । माघमा रू. २७ लाख ८५ हजार बीमाशुल्क आर्जन गरेको सानिमाले फागुनसम्ममा १ सय ६५ प्रतिशत बढी अर्थात् रू. ७३ लाख ८४ हजार आर्जन गरेको छ । सानिमापछि प्रतिशतको हिसाबमा ज्योति लाइफले बीमाशुल्क आर्जन बढाएको छ । माघसम्ममा रू. ३ करोड ४ लाख ९ हजार बीमाशुल्क आर्जन गरेको ज्योति लाइफले फागुनसम्ममा १ सय ४३ प्रतिशत बढी अर्थात् रू. ७ करोड ४० लाख ८३ हजार आर्जन गरेको छ । अहिले बैङ्क तथा वित्तीय संस्थाहरूले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । बीमा कम्पनीहरूको भने हालसम्म पनि तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छैन ।

(श्रोत:-http://www.abhiyan.com.np)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x