IME Life

प्रोफिट बुकमा लागे लगानीकर्ता, बीमा समूहको सुचक ४५२ अंकले घट्यो

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १४ । यो साता सेयर बजार परिसुचक नेप्से ८१ दशमलव २७ अंकले घटेको छ । गत साता १०० अंकले उकालो लागेको नेप्से यो साता ८१ अंकले घटेर १ हजार ३ सय ५७ दशमलव २२ अंकको बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसुचक घटेको भएपनि साताभर कारोबार रकममा भने वृद्धि देखिएको छ । यो साता बजारमा १८२ कम्पनीको ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरका एक करोड १ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । यो रकम गतसाताको भन्दा १४ दशमलव ८६ प्रतिशतले बढी हो । गतसाता बजार ४ अर्ब ८ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Crest
Meta Holidays

गतसाता लगातार बढेको बजारमा लगानीकर्ता प्रोफिट बूक गर्न लाग्दा बजारमा त्यसको प्रभाव परेको देखिन्छ । ठूला लगानीकर्तादेखि सर्टटर्ममा खेल्ने लगानीकर्ताले पनि प्रोफिट बुक गर्न लाग्दा बिक्री चाप परेको सेयर कारोबारीहरु बताउँछन् ।

यो साता कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये बीमा समूह ४५२ दशमलव ८३ अंकले घटेको छ । त्यस्तै होटल १६६ दशमलव ४६ अंक, विकास बैंकको सुचक ११० दशमलव ७३ अंक, लघुवित्त समूह १०२ दशमलव ७ अंक, जलविद्युत समूह १३७ दशमलव ६ अंक, बैंकिङ समूह ६ दशमलव ३३ अंक, फाइनान्स समूह ३६ दशमलव १५ अंक, उत्पादन तथा प्रशोधन समूह ८७ दशमलव ५७ अंक, व्यापार समूह ३ दशमलव २९ अंक र अन्य समूह ३५ दशमलव ४२ अंकले घटेका छन् ।

क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १७ दशमलव ०५ अंकले घटेर २८७ दशमलव ०६ अंकमा आइपुगेको छ ।

कारोबारमा नेपाल बैंक अगाडि

यो साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अगाडि देखिएको छ । बैंकको १९ करोड १५ लाख १० हजार रुपैयाँ बराबरको ५ लाख २४ हजार कित्ता सेयर किनबेच भएका छन् । त्यसैगरी कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ हजार ५ सय ५ वटा कारोबार भएको देखिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x