IME Life

सेञ्चुरी बैंक र आईएमइ लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आईएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् ।

Crest
Meta Holidays

बैंक इस्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रूपमा आईएमईलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल मुलुक भरका ५० स्थानबाट विभिन्न शाखा-उप शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने कम्पनीले अहिले विभिन्न किसिमका १० वटा बिमा योजनाहरू बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक,आईएमई बालशिक्षा, आईएमई आजीवन, नगद र्फिता, साढे तीन गुणा रक्षावरणलगायतका बिमा योजना ल्याएको छ । आईएमईलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून आय भएका सहरी तथा ग्रामीण भेगका व्यक्तिको समेत जीवन बिमामा पहुँच पुरयाई नेपालमा जीवन बिमा ब्यबसाय विस्तार गर्नु रहेको जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x