IME Life

प्रभु लाइफको नयाँ शाखा गोंगबुमा, केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने

SPIL
Sanima Reliance

काठमाडौं । नेपालको सबै भन्दा कान्छो जीवन बिमा कम्पनी ‘प्रभु लाइफ इन्स्योरेन्स’ लिमिटेडले गोंगबुमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष-चिरञ्जीवी चापागाईले विहिवार एक कार्यक्रमकाबीच सो शाखाको शुभारम्भ गरे । यस अघि कम्पनीले देशभित्र बिभिन्न स्थानहरुमा रहेका १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

 

Crest
Meta Holidays

 

कार्यक्रममा बीमा समितिका कार्यकारी अध्यक्ष चापागाईले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै बिमा ब्यबसायको सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने कुरामा दुई मत नरहेको बिचार ब्यक्त गरे ।

कम्पनीका संचालक श्री मनीराम पोखरेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समय भित्रै साठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x