IME Life

बाली (अन्न) बीमाबाट साढे १३ करोड बढि प्रिमियम संकलन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १३ । पछिल्लो समय अन्य बीमा पोलिसी जस्तै कृषि बीमा तर्फ पनि धेरैको आकर्षण देखिएको छ । त्यसमा पनि कृषि बीमामा सरकारले अनुदान उपलब्ध गराउने भएसँगै यसतर्फ कृषक साथै बीमा कम्पनीहरुको ध्यान तानिएको देख्न सकिन्छ ।

बीमा समितिले दिएको आर्थिक वर्ष २०७४/७५ को पछिल्लो आठ महिनासम्मको तथ्यांकमा आधारित रहेर बाली बीमाको अवस्थालाई केलाउने प्रयास गरेका छौं ।

Meta Holidays
Crest

हेर्नुहोस कुन महिनामा कति–कति बीमाङ्क, बीमा शुल्क, अनुदान, दावी रकम संकलन तथा प्रदान गरेका छन् ।

बीमाङक्

बीमा समितिले तयार पारेको फागुन मसान्तसम्मको तथ्याङक अनुसार बाली (अन्न) बीमा बाट कुल १३ करोड ५१ लाख ८१ हजार ५ सय ५६ रुपैया बीमाङ्क संकलन भएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो आठ महिनासम्मको तथ्याङ्कलाई तुलनात्मक रुपमा आकलन गर्दा सवैभन्दा बढि असोज महिनामा ६ करोड ३१ लाख ९८ हजार ४ सय २९ र सवैभन्दा कम पुस महिना ८ लाख १५ हजार ८ सय २५ रुपैया संकलन भएको छ ।

यस बीमा अन्तर्गत आर्थिक वर्ष २०७४÷०७५ सुरुवात साउन महिनामा १ करोड ५२ लाख ६२ हजार ४ सय ८, भदौ महिनामा १ करोड ७६ लाख ७६ हजार ७ सय २, कार्तिकमा २८ लाख ८० हजार, माघमा १ करोड ४ लाख ९९ हजार २ सय ९२ र फागुन महिनामा ३० लाख रुपैया संकलन भएको तथ्याङकमा उल्लेख छ ।

बीमा शुल्क

फागुनमसान्त सम्म कुल ५४ लाख २ हजार ८ सय २७ बीमा शुल्क आर्जन भएको छ । ३० र सवैभन्दा कम पुस महिनामा ४० हजार ७ सय ९१ आर्जन भएको छ । त्यस्तै आर्थिक वर्षको पहिलो साउन महिनामा ७ लाख ६३ हजार १ सय २०, भदौमा ८ लाख ८३ हजार ८ सय ३५, कार्तिक महिनामा १ लाख ४४ हजार, मसिरमा २ लाख ५ हजार ५ सय ८५, माघमा ५ लाख २४ हनार ९ सय ६५ र फागुन महिनामा १ लाख ५० हजार बीमा शुल्क आर्जन भएको छ ।

अनुदान

बाली ( अन्न) बीमा अन्तर्गत चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ४० लाख ६७ हजार १ सय २० रुपैया बरावरको अनुदान दिइएको छ । तुलनात्करुपमा मासिक तथ्याङ्क नियाल्दा सवैभन्दा बढि अनुदान असोज महिनामै २० लाख ३२ हजार ८ सय ९७ र सवैभन्दा कम पुस महिनामा ३० हजार ५ सय ९३ अनुदान दिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै साउन महिनामा ५ लाख ७२ हजार ३ सय ४०, भदौ महिनामा ६ लाख ६२ हजार ८ सय ७६, कार्तिकमा १ लाख ८ हजार, मसिरमा १ लाख ५४ हजार १ सय ८८, माघमा ३ लाख ९३ हजार ७ सय २३ र फागुन महिनामा १ लाख १२ हजार ५सय अनुदान रकम दिइएको छ ।

दावी रकम

पछिल्लो आठमहिनाको तथ्याङक अनुसार कुल ३४ लाख ९२ हजार ६ सय ५१ रुपैया बाली (अन्न) बीमा दावी रकम रहेको छ । यस बीमा अन्तर्गत सवैभन्दा बढि दावी रकम भदौ महिनामा १७ लाख ६६ हजार ७३ र सवैभन्दा कम पुस महिनामा ४ हजार २ सय रुपैया रहेको छ । त्यस्तै साउन महिनामा ७ लाख ८० हजार २८, असोजमा १ लाख ४० हजार ३ सय ५०, कार्तिकमा ७ लाख ५४ हजार २ सय, मंसिर महिनामा ४० हजार ८ सय, माघ ७ हजार रुपैया छ भने फागुन महिनामा दावी रकम भने तथ्याङक्मा उल्लेख छैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS