बीमा समितिको निर्देशनपछि एसियन लाईफको बोनस सेयर परिमार्जन

Citizen Life Insurance Co

काठमाडौं, वैशाख १३ । एसियन लाईफ इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । यसअघि १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको कम्पनीले उक्त बोनस परिमार्जन गरेर ६ प्रतिशत मात्रै बोनस दिने भएको हो ।

गत फागुन १४ गतेको सञ्चालक समितिको १२२ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि शन्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त लाभांश नियामक निकाय बीमा समितिले स्वीकृत नगरेपछि कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमाार्जन गरेर ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार