IME Life

तोकिएकै समयमा चुक्तापुँजी पुर्याउने सुर्या लाइफको प्रतिवद्धता, बार्षिकोत्सवमा गर्यो सामाजिक कार्य

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १२ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिले दिएको समयावधिमा नै चुक्तापूँजी पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो ११ औं वाषिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य समेत गरेको कम्पनीले सोही अवसरमा २०७५ को असार मसान्तसम्ममा २ अर्ब चुक्तापूँजी पुर्याउने प्रतिबद्धता जनाएको हो ।

Crest
Meta Holidays

कम्पनीले वार्षिकोत्सवको अवसरमा चेतनामूलक एवम् सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । पहिलो चरणमा बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि किरातेश्वर महादेवसम्म प्रभातफेरी तथा मन्दिर सरसफाइ कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी सुर्या लाईफले नयाँ बानेश्वरस्थित निःसहाय सेवा सदनमा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेको बताइएको छ । यस्तै, जोरपाटीमा रहेको अपाङ्ग पुनःस्थापना केन्द्रमा अध्ययनरत ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको कम्पनीले बताएको छ ।

हाल सूर्या लाइफले देशभरका ७२ शाखाबाट १० प्रकारका जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x