Prabhu Life Ad Final

भुकम्पको ३ वर्ष : ८३ प्रतिशत दाबी भुक्तानी

IME PAY

काठमाडौं, वैशाख १२ । विनाशकारी भुकम्पको आज तीन वर्ष पुरा भएको छ । यो अवधिमा बीमा कम्पनीहरुले ८३ दशमलव १२ प्रतिशत दाबी भुक्तानी गरेका छन् ।
१६ निर्जीवन बीमा कम्पनीमा १६ अर्ब ६९ करोड ४८ लाख बराबरको दाबी परेकोमा चैत मसान्तसम्म १३ अर्ब ८७ करोड रुपैयाँको दाबी भुक्तानी भएको बीमा समितिले जनाएको छ ।

त्यस्तै दाबी परेको संख्याको आधारमा भने ९८ दशमलव ३२ प्रतिशत भुक्तान भएको तथ्यांकले देखाउँछ । कुल १७ हजार ८ सय दाबी परेकोमा तीन वर्षको अवधिमा १७ हजार ५ सय १ दाबी भुक्तानी भएको हो ।

NCHL

एभरेष्ट र लुम्बिनीको शत प्रतिशत भुक्तानी

यो अवधिमा एभरेष्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले शत प्रतिशत दाबी भुक्तानी गरेका छन् । १६२ दाबी संख्याको १४ करोड ८ लाख रुपैयाँको दाबी परेको एभरेष्ट इन्स्योरेन्सले सबै दाबी भुक्तान गरेको हो । त्यस्तै २५ करोड ४४ लाख रुपैयाँको ८८० दाबी परेको लुम्बिनी जनरल इन्स्योरेन्सले पनि सबै दाबी भुक्तान गरिसकेको देखिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x