IME Life

खुल्यो नेपाल सेवा लघुवित्तको आईपीओ

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १२ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

एक लाख ८० हजार कित्तामध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको कम्पनीले जनाएको छ । त्यस्तै सर्वसाधारणले १ लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

Crest
Meta Holidays

कम्पनीले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको सेयरमा इच्छुक आवेदकले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्म वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने सक्नेछन् ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x