एलआईसी नेपाल र एभरेष्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, वैशाख ११ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) र एभरेष्ट बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले हस्ताक्षर गरे ।

उक्त सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सवै शाखा कार्यालयहरुबाट बिक्री गरिने जानकारी दिए ।

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख श्रीमती विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार