योजना आयोगको उपाध्यक्षमा कँडेल नियुक्त

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ११ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । उनलाई मंगलवार बिहान बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।

आयोगको उपाध्यक्षमा नियुक्त भएका कंडेल नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार