IME Life
Beema Board

नेप्सेमा तीव्र उतारचढाव, ५१ प्रतिशतले घट्यो कारोबार रकम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं, वैशाख ११ । मंगलबार सेयर बजार परिसुचक नेप्से करिब १६ अंकले घटेको छ । सोमबार २७ अंकले घटेको बजार आज पनि १५ दशमलव ९९ अंकले घटेर १ हजार ३ सय ९४ दशमलव ८६ अंकले घटेको छ ।

परिसुचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १७० कम्पनीको ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँको सेयर खरिदबिक्री भएका छन् । जुन सोमबारको तुलनामा ५१ प्रतिशतभन्दा बढीले कमी हो । सोमबार नेप्सेमा १७० कम्पनीको एक अर्ब ५१ करोडभन्दा बढीको सेयर किनबेच भएको थियो ।

Prabhu
Crest

ट्रेडिङबाहेकका सबै सुचक राताम्मे

मंगलबारको सेयर कारोबारमा ट्रेडिङ बाहेकका सबै सुचक नकारात्मक देखिएका छन् । कारोबारमा आएका दश सुचकमध्ये बीमा समूह सबैभन्दा बढी ७६ अंकले झरेको छ । त्यस्तै विकास बैंक २७ दशमलव ७९ अंकले, बैकिङ समूह १५ दशमलव ८५ अंकले, जलविद्युत समूह १३ दशमलव १ अंकले, होटल समूह ११ दशमलव ८३ अंकले, लघुवित्त समूह १० दशमलव ५१ अंकले, फाइनान्स ९ दशमलव ९२ अंकले, उत्पादन तथा प्रशोधन समूह ९ दशमलव ९१ अंकले र अन्य समूह ६ दशमलव ८३ अंकले घटेका छन् ।

सेञ्चुरीको सर्बाधिक कारोबार

आज सबैभन्दा बढी सेञ्चुरी कमर्सिल बैंकको सेयर किनबेच भएको छ । बैंकको २ करोड ७६ लाखभन्दा बढीको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको २ करोड ६३ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी नेपाल बैंक, राष्ट्रिय बीमा कम्पनी, स्वालम्बन लघुवित्त वित्तीय संस्था, सानिमा माई हाइड्रोको २ करोडभन्दा बढीको सेयर कारोबार भएको हो ।

कमाउनेमा एनएमबि माइक्रोफाइनान्स, गुमाउनेमा सांग्रिला  डेभलपमेन्ट बैंक

बजार १६ अंकले झर्दा सबैभन्दा बढी एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ६३ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ । गुमाउनेमा भने सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीका सेयर मूल्य ५ दशमलव ३६ प्रतिशतले झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS