IME Life

‘बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ’

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।

नेपालमा अहिले पनि अधिकांश नागरिक बीमाको दायरामा आउन नसकेका छैेन् । बीमा सम्बन्धी ज्ञानको कमिले आमनागरिकहरु बीमाको पहुँचमा आउनु नसकेको बीमा कम्पनीहरु र स्वयं नियामक निकाय बीमा समितिले पनि स्वीकार गरिसकेको छ ।

Crest

बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिले बीमाको पहुँच विस्तारका लागि बेलाबखतमा यससम्बन्धी प्रचारप्रसार गर्दै आएको भएपनि प्रभावकारी हुन सकेको छैन् । जसका कारण ९० प्रतिशतभन्दा बढी जनता अहिले पनि बीमाको पहुँचमा छैनन् । कुल जनसंख्याको करिब १० प्रतिशतले बीमा गरेको भएपनि त्यो पनि अन्डर इन्स्योरेन्स हुने गरेको बीमा कम्पनीहरुको बुझाई छ ।

विगतका वर्षहरुको तुलनामा बीमा सम्बन्धी केही मात्रामा जानकारी मुलक काम हुने गरेको भएपनि पर्याप्त चेतना फैलाउन नसकेकै कारण पनि आम नागरिक बीमाको दायरामा आउन सकिरहेका छैनन ।

अभिकर्तामा नै निर्भर जीवन बीमा

अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । त्यसमा पनि जीवन बीमाको त शत प्रतिशत नै अभिकर्ताबाट हुने युनियन लाईफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमा लाल कर्णले बताएका छन् । उनले सिधै कार्यालयमा आएर जीवन बीमा गर्ने भेटिनै मुस्किल परेको बताए ।

प्रोडक्टबारे जानकार छैनन नागरिक

यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एकातिर बीमा बीमा अभिकर्ताको योग्यतबारे पनि प्रश्न उठीरहँदा अभिकर्ताले नै बीमा पोलिसीबारे राम्ररी बुझाउन नसकेको बताईन्छ । बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधा बारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ ।

किन आवश्यक छ जीवन बीमा ?

वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्दछ ।

भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य नै छ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन मद्दत पुग्छ । बीमाको अथाह छन् । आज एउटा व्यक्तिले आफ्नो बीमा ग¥यो भने भोली उ कतै दुर्घटना पर्न सक्छ । हो त्यतिबेला उसलाई उपचार खर्चको अभाव हुन पाउदैन । त्यो जोखिम बीमा कम्पनीले लिएको हुन्छ । अर्को कुरा बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नु पर्दैन ।

बीमा दावी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । त्यस्तै बच्चाको बीमा गर्ने हो भनेपछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । यता, केही कारण बीमा गरेको अभिभावकको कुनै कारणवश मृत्यु भएमा प्रिमियम नबझाएपनि बीमालेख जारी रहन्छ र बच्चाको जोखिम पनि कभर हुन्छ ।

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ । त्यस्तै कम्पनीले जोखिम पनि बहन गर्दछ । बैंकले बचत गर्छ र बचतको ब्याज दिन्छ । यसका साथै बैंकले कर्जा परिचालन पनि गर्ने गर्दछ । तर, बीमा गर्दा बीमितको जोखिम पनि कभर हुन्छ । त्यसैगरी बीमा गर्दा रकम बचत हुन्छ । भने बीमालेखलाई धितो राखेर कर्जा पनि लिन सकिन्छ । यसर्थ जीवन बीमा भविष्यको सुरक्षाका लागि निकै महत्वपूर्ण छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS