Prabhu Life Ad Final

कर्णाली प्रदेशमा १ % मात्रै निर्जीवन बीमा

काठमाडौं, वैशाख ११ । बीमा कम्पनीहरुले दूरदराजसम्म बीमा व्यवसायको विस्तार गरेको बताइरहँदा तथ्यांकले भने अहिले पनि सहर बजारभन्दा बाहिर बीमा पुग्न नसकेको देखाएको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्मको तथ्यांक हेर्दा अहिले पनि कर्णाली प्रदेशमा कुल बीमालेखको १ प्रतिशत मात्रै नीर्जिवन बीमा भएको देखिएको छ । यो अवधिमा कर्णाली प्रदेश (प्रदेश नम्बर ६) मा १२ हजार ३ सय २८ वटा बीमालेख जारी भएका छन् । यो कुल बीमालेखको १ दशमव ०४ प्रतिशत हो ।

NLIC

दश निर्जीवन बीमा कम्पनीले २१ शाखामार्फत बीमा सेवा प्रदान गरेका छन् । यो क्षेत्रबाट कम्पनीहरुले ८ करोड १७ लाख मात्रै बीमा शुल्क आर्जन गरेको छन् । जुन निर्जीवन बीमा कम्पनीले आर्जन गरेको कुल बीमा शुल्कको शुन्य दशमलव ७२ प्रतिशत हो ।

कर्णाली प्रदेशमा हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, सल्यान जाजरकोट र रुकुम पश्चिम गरी दश जिल्ला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App