IME Life

कारोबार डेढअर्ब नाघ्दा परिसुचक दोहोरो अंकले झर्यो

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १० । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । परिसुचक दोहोरो अंकले झर्दा सेयर कारोबार भने नयाँ उचाई बनाउँदै गएको छ ।

Crest
Meta Holidays

आइतबार ५० अंकले उकालो लागेको बजार सोमबार २७ दशमलज ६४ अंकले घटेर १ हजार ४ सय १० दशमलव ८५ को बिन्दुमा पुगेको छ ।

यता, परिसुचक दोहोरो अंकले झर्दा कारोबार रकम डेढ अर्बमाथि पुगेको छ । पछिल्लो पटक दैनिकजसो अर्बभन्दा माथिको सेयर किनबेच भएको बजारमा सोमबार १७० कम्पनीको १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ रुपैयाँको सेयर खरिदबिक्री भएका छन् ।

फेरियो बजारको रंग

नयाँ वर्ष २०७५ यता लगातार हरियाली छाएको बजारमा सोमबार भने बजार राताम्मे भएको छ । यसदिन कारोबारमा आएका सबै समूह घटेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी ८८ दशमलव ४४ अंकले घटेको छ । त्यस्तै होटल समूह ७८ दशमलव ७८ अंकले घटेको छ । जलविद्युत ५४ दशमलव ७३ अंक, बैंकिङ २५ दशमलव १६ अंक, लघुवित्त ३० दशमलव ७८ अंक, उत्पादन तथा प्रशोधन समूह २९ दशमलव ०८ अंक, फाइनान्स ९ दशमलव ५९ अंक, ट्रेडिङ ५ दशमलव ९९ अंक र अन्य समूह १६ दशमलव ७७ अंकले घटेका छन् ।

१४५ कम्पनीका लगानीकर्ताले गुमाए

सोमबार बजार दोहोरो अंकले झर्दा १४५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसमध्ये राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ६९ प्रतिशतले झरेको छ । त्यस्तै तारागाउँ रिजेन्सीको सेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।

यसदिन सर्बाधिक कमाउनेमामा भने स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशत अर्थात प्रतिकित्ता ११६ रुपैयाँ बढेको छ । त्यस्तै मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९ दशमलव ५७ प्रतिशतले बढेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x