सात कम्पनीको पौने ४ करोड कित्ता सेयर सुचीकृत

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ९ । नयाँ वर्ष २०७५ यता नेपाल धितोपत्र बोर्डमा सात कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । यी कम्पनीको ३ करोड ८८ लाख ९ हजार १८८.८३ कित्ता सेयर सुचीकृत भएको हो ।

बोर्डमा दुई वाणिज्य बैंकसहित एक बीमा कम्पनी, दुई फाइनान्स कम्पनी, एक विकास बैंक र साल्ट ट्रेडिङको सेयर सुचीकृत भएको हो । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीको २३ लाख ९६ हजार ४२३ कित्ता सेयर सुचीकृत भएको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४० लाख ५२ हजार २०१.३५ कित्ता र एभरेष्ट बैंकको १ करोड ९९ लाख १६ हजार २७७.४८ कित्ता सेयर सुचीकृत भएको हो ।

यता, गुडविल फाइनान्सको ७ लाख ४० हजार कित्ता, सिर्जना फाइनान्सको ९ लाख ८२ हजार ८ सय कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ५५ हजार ५ सय कित्ता र साल्ट ट्रेडिङको २ लाख ४५ हजार ९ सय ८७ कित्ता बोनस सेयर रजिष्टर्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार