IME Life

सर्वसाधारणका लागि रैराङ हाइड्रोपावरको ८ करोड ४० लाखको आईपीओ आउने

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ९ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर आईपिओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो ।

Prabhu
Crest

गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको रैराङले अहिले कर्मचारी र सर्वसाधारणका लागि सेयर जाी गर्ने भएको हो ।

कम्पनीको सेयर बिक्री तथा निष्काशन तथा तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले धादिङमा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत आयोजना सम्पन्न गरी हाल ताप्लेजुङमा रहेको ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीको मुख्य प्रवद्र्धक २.४ मेगावाटको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS