IME Life

निक्षेप संकलन तथा कर्जा प्रवाहमा उल्लेख्य सुधार

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ९ । बैंकिङ र वित्तीय संस्थामा चालू आर्थिक वर्षभरी नै लगानी योग्य पूँजी तरलता अभाव भयो । यद्यपी यो अवधिमा पनि बैंकहरुले उल्लेख्य मात्रामा निक्षेप र कर्जामा वृद्धि गरेको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सार्वजानिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुले निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि गरेको देखिएको हो । हालसम्म विवरण पस्केका एनआईसी एसिया बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र सिटीजन बैंक इन्टरनेसनलको निक्षेप संकलन र कर्जा प्रवाहमा राम्रो वृद्धि देखिएको हो ।

Crest
Meta Holidays

तरलता अभावका कारण निक्षेपमा तानातान जस्तै देखिएको यो अवधिमा बैंकहरुले निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि गरेसँगै व्यवसायमा पनि वृद्धि गरी नाफा बढाएका छन् ।

यो अवधिमा एनआईसी एसिया बैंकले सबैभन्दा बढी निक्षेप संकलन गरी कर्जा पनि गतवर्षको तुलनामा उच्च अंकले बढाएको छ । निक्षेप संकलनमा लागि निकै आक्रामक रुपले प्रस्तुत भएको एनआईसी एसियाको नाफा भने यो अवधिमा १८ प्रतिशतले घटेको छ । बैंकले निक्षेप संकलनमा ६९ प्रतिशतले बढाउँदा कर्जा लगानी ५९ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ ।

त्यस्तै २७ प्रतिशतले नाफा बढाएको सानिमा बैंकले पनि यो अवधिमा निक्षेप संकलनसँगै कर्जा पनि बिस्तार गरेको देखिएको छ । यो अवधिमा बैंकले ३३ प्रतिशतले निक्षेप संकलन बढाएर कर्जा लगानी पनि सोही अनुपातमा बढाएको छ । १ अर्ब ८० करोडभन्दा बढी मुनाफा कमाएको एभरेष्ट बैंकले पनि निक्षेप संकलन १५ प्रतिशतले बढाएर १ खर्बभन्दा बढी पुर्याएको छ ।

त्यसैगरी सिद्धार्थ बैंकले पनि ९० अर्बभन्दा बढी निक्षेप संकलन गरेर ७९ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन गतवर्षभन्दा २० प्रतिशतले बढी हो भने कर्जा प्रवाह पनि सोही अनुपातले बढाएको देखिन्छ ।

सिटीजन बैंक इन्टरनेसनलको भने निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दोब्बरले वृद्धि भएको देखिएको छ । यसभन्दा अघिल्ला दुई त्रैमासमा मुनाफा घटेको विवरण पस्केको यो बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमास ६० अर्ब २५ करोड निक्षेप संकलन गरेर ५५ अर्ब ८२ करोड कर्जा लगानी गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x