काठमाडौं, वैशाख ९ । नेपाल इन्स्योरेन्सको सेयर मूल्य समयोजन भएको छ । कम्पनीको बोनसपछिको सेयर मूल्य आइतबार नेप्सेले ७ सय १३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७ सय ३ रुपैयाँ ५७ पैसा लिएको थियो ।
नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४.५२ प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले बोनस पारित गर्न वैशाख २१ गते वार्षिक साधारणसभा बोलाएको छ ।
त्यस्तै कम्पनीले उक्त साधारणसभामा ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले बैशाख ५ गते देखि १ बराबर १ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।