आउने भो सिटिजन लाईफको ७५ करोडको आईपीओ

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ७ । सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न सभाले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार