यूनियन लाइफ इन्स्योरेन्स र ज्योती विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ७ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योती विकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा यूनियन लाइफ इन्स्योरेन्सतर्फवाट बरिष्ठ नायबमहाप्रबन्धक कपिलकुमार दाहाल र बैंकका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार यूनियन लाइफ इन्स्योरेन्सका बीमा योजना सम्बन्धी सेवा सुविधाहरु बैंकले आफ्ना शाखाहरुमार्फत ग्राहकहरुलाई उपलव्ध गराउने छ ।
यसैगरी बीमा योजनाअन्तर्गत बीमा लेख प्राप्त गर्ने, बीमा शुल्क भुक्तानी गर्ने, दाबी भुक्तानी लगायतका सेवाहरु बैंक मार्फत प्रदान हुने भएको छ ।
हाल यूनियन लाइफ इन्स्योरेन्सका देशभर ५७ वटा शाखा कार्यालयहरु रहेका छन । सवै शाखाहरुवाट बीमा सेवा सुविधा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार