IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीको प्रदेश ३ मा बढ्दो उपस्थिती, ६ र ७ मा न्युन

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ६ । नेपालमा बीमा व्यवसाय शुरु भएको सात दशक पुरा भइसकेको छ । व्यवसाय शुरु भएको लामो समय भएपनि अझै अपेक्षि विकास हुन नसकेको स्वयं सरोकारवाला नै स्वीकार्छन् ।

तथ्यांक अनुसार पनि अझै कतिपय बीमा कम्पनीहरु बजारमा नै केन्द्रित रहेको देखिन्छ । व्यवसायको अथाह संभावना भएका ग्रामीण भेगमा अझै पनि बीमा सेवा पुग्न सकेको छैन् ।

Prabhu
Crest

हाल १८ जीवन बीमा र १७ निर्जीवन गरी ३५ बीमा कम्पनीले १ हजार ३ सय ८५ शाखाबाट बीमा सेवा प्रदान गरेका छन् । तीमध्ये १४ निर्जीवन बीमा कम्पनीले ४७३ शाखा कार्यालयबाट बीमा सेवा प्रदान गरेका छन् । बीमा समितिले दिएको पछिल्लो तथ्याङ्क ३ नम्वर प्रदेशमा नै निर्जीवन बीमा कम्पनीको प्रभुत्व देखिएको छ । यो प्रदेशमा १५२ शाखाबाट यी कम्पनीहरुले सेवा प्रदान गरेका छन् । जबकि प्रदेश नम्बर ६ मा जम्माजम्मी २१ शाखा रहेको देखिन्छ ।

यसरी हेर्दा बीमाको दायरा अझैपनि दुर्गम गाउँसँग पुग्न सकेको देखिदैन् । तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरु मध्ये दि ओरियण्टल, नेशनल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्सको उपस्थित प्रदेश नम्बर ६ र ७ सातमा शुन्य देखिएको छ ।

बीमा समितिका अनुसार सगरमाथा इन्स्योरेन्स, साबिकको एनबी हाल आईएमई जनरल इन्स्योरेन्स र सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने प्रादेशिक संरचना अनुसार आईनसकेको बीमा समितिले जनाएको छ ।

प्रादेशिक दृष्टिकोणबाट हेर्दा ३ नम्वर प्रदेशमा निर्जीवन बीमा कम्पनीको बढ्दो उपस्थित देखिन्छ भने ६ र ७ नम्वर प्रदेशमा अत्यन्तै न्युन अथवा देख्न सकिन्छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको देशभर ५४ शाखा रहेको छ । जसमध्ये सबैभन्दा बढि शाखा प्रदेश नम्वर ३ र ५ १३/१३ वटा रहेका छन । भने कम्पनीको प्रदेश नम्वर ६ मा एउटा मात्र शाखा रहेको छ । त्यस्तै कम्पनीको प्रदेश १ मा ९, प्रदेश २ मा ७ र ४ नम्वर प्रदेशमा ८ वटा शाखा रहेको छन ।

लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी

लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी देशका सवै प्रदेशमा शाखा विस्तार गरेको छ । जसमध्ये प्रदेश १ मा ५ वटा, प्रदेश २ मा ४, ३ मा ८ शाखा रहेका छन् । त्यस्तै ४ नम्वर प्रदेशमा ४, ५ नम्वरमा ६ र प्रदेश ६ मा १ र ७ नम्वर प्रदेशमा ३ शाखा गरि जम्मा ३१ शाखा रहेका छन ।

युनाइटेड इन्स्योरेन्स कम्पनी

युनाइटेड इन्स्योरेन्स कम्पनीको देशभरका जम्मा २९ शाखा मध्ये प्रदेश ३ मा सवैभन्दा धेरै १० शाखा रहेका छन । कम्पनीको प्रदेश नम्वर १, २ र ५ मा ४/४ शाखा रहेका छन । त्यस्तै प्रदेश नम्वर ४ र ७ मा भने ३÷३ शाखा रहेको कम्पनीले प्रदेश नम्वर ६ मा एउटा मात्र शाखा विस्तार गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनी

प्रभु इन्स्योरेन्स कम्पनीले देशको ६ वटा प्रदेशमा मात्र शाखा विस्तार गरेको छ । प्रदेश १ र २ मा ३/३ वटा, ३ नम्वर प्रदेशमा ९, प्रदेश ४ मा ४ वटा, ५ नम्वर प्रदेशमा मा ५, र ७ नम्वर एटा शाखा विस्तार गरेको छ । कम्पनीले ६ नम्वर प्रदेशमा अझै शाखा विस्तार गर्न सकेको छैन ।

हिमालयन इन्स्योरेन्स कम्पनी

हिमालयन इन्स्योरेन्स कम्पनीले देशमा जम्मा २३ वटा शाखा विस्तार गरेको छ । देशका सवै प्रदेशमा शाखा विस्तार गर्न सफल कम्पनीले प्रदेश नम्वर १ र ५ मा ३/३ वटा शाखा, प्रदेश २ र ४ मा २/२ वटा शाखा विस्तार गरेको छ । प्रदेश नम्वर ३ सबैभन्दा बढि आफ्नो ११ वटा शाखा विस्तार गरेको कम्पनीले ६ र ७ नम्वर प्रदेशमा भने १/१ वटा शाखा विस्तार गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी

शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कम्पनीहरुमध्ये देशमा सवैभन्दा धेरै शाखा विस्तार गरेको छ । देशभर ७५ वटा शाखा विस्तार गरेको कम्पनीले प्रदेश ३ मा २३ शाखा खोलेको छ । यस कम्पनीको सवैभन्दा बढि शाखा ३ नम्वर प्रदेशमा रहेका छन । प्रदेश ६ र ७ मा ६/६ वटा शाखा विस्तार गरेको कम्पनीले प्रदेश १, २, ४ र ५ मा क्रमशः ७, ९, ११, १३ शाखा विस्तार गरेको छन ।

प्रिमियर इन्स्योरेन्स कम्पनी

प्रिमियर इन्स्योरेन्स कम्पनीले देशमा सवै प्रदेशमा शाखा विस्तार गर्न सफल भएको छ । कम्पनीका देशभर जम्मा ४० शाखा रहेका छन । जसमध्ये प्रदेश १ मा ६, प्रदेश २ मा ५ र प्रदेश ३ मा १४ शाखा रहेका छन । कम्पनीको प्रदेश नम्वर ४, ५, ६ र ७ मा क्रमशः ५, ७ , १ र २ शाखा रहेका छन ।

दि आरिण्टल इन्स्योरेन्स कम्पनी

पाँच ओटा प्रदेशमा मात्र शाखा विस्तार गरेको दि ओरियण्टलको देशभर जम्मा १४ वटा शाखा रहेका छन् । कम्पनी प्रदेश नम्वर ६ र ७ मा भने अझै पुग्न सकेको छैन । कम्पनीले प्रदेश नम्वर १, २, ३, ४ र ५ मा क्रमशः ३, १, ६, १ र ३ शाखा विस्तार गरेको छ ।

नेशनल इन्स्योरेन्स कम्पनी

५ वटा प्रदेशमा शाखा विस्तार गरेको कम्पनीले २ वटा प्रदेशमा शाखा विस्तार गर्न सकेको छैन । प्रदेश १ र ४ मा १/१ शाखा विस्तार गर्न सफल कम्पनीले २ प्रदेशमा २ शाखा, प्रदेश ३ मा ४ शाखा र ५ नम्वरमा ३ शाखा रहेका छन ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी

यस कम्पनीले सबै प्रदेशमा शाखा विस्तार गरेको छ । २३ वटा शाखा विस्तार गरेको कम्पनीले प्रदेश नम्वर १ र ४ मा २/२ वटा शाखा विस्तार गरेको छ । त्यस्तै प्रदेश २ मा ३ शाखा रहेको कम्पनीले ३ प्रदेश ८ वटा शाखा स्थापना गरेको छ । कम्पनीले प्रदेश ५, ६ र ७ मा क्रमशः ३ ,४ र १ शाखा विस्तार गर्न सफल भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी

यस कम्पनीले ७ वटै प्रदेशमा कुल ३९ शाखा विस्तार गरेको छ । प्रदेश नम्वर २ र ७ मा ४/४ वटा शाखा विस्तार गरेको कम्पनीले प्रदेश १, ३ र ४, ५ र ६ नम्वरमा क्रमशः ६, ११, ७, ५ र २ शाखा रहेका छन ।

नेको इन्स्योरेन्स कम्पनी

देशभर ४२ शाखा रहेको नेको इन्स्योरेन्सले सवैभन्दा बढि प्रदेश ३ मा १५ शाखाबा बीमा सेवा प्रदान गरेको छ । कम्पनीले प्रदेश नम्वर १, २, ४, ५, ६ र ७ मा क्रमशः ६, ५, ३, १०, १, २ शाखा रहेका छन ।

एनएलजी इन्स्योरेन्स कम्पनी

सातै प्रदेशमा शाखा विस्तार गर्न सफल एनएलजी इन्स्योरेन्स कम्पनीको देशभर जम्मा ४१ शाखा रहेका छन । कम्पनीले प्रदेश नम्वर १, २, ४ र ५ मा ६/६ वटा शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेश ३ मा ११, प्रदेश ६ र ७ मा क्रमशः २ र ४ शाखा रहेका छन ।

नेपाल इन्स्योरेन्स कम्पनी

यस कम्पनीले प्रदेश नम्वर १ र ४ मा ३/३ वटा शाखा विस्तार गरेको छ । त्यस्तै कम्पनीले प्रदेश २ नम्वर प्रदेश र ५ मा भने ४/४ वटा शाखा विस्तार गर्न सफ यस कम्पनीको प्रदेश ३ मा भने ९ वटा शाखा रहेका छन । देशभर २६ वटा शाखा विस्तार गरेको यस कम्पनीले ६ र ७ नम्वर प्रदेशमा भने १ र २ वटा शाखा रहेका छन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS