SKIP THIS

Sun Securities
IME Life

महिला पत्रकार सगरमाथा आरोहीलाई सगरमाथा इन्स्योरेन्सको बीमा सुरक्षा

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ७ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले ३२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा सुरक्षा दिने भएको छ ।

कम्पनीले आरोहण दलका सदस्यहरुको प्रति व्यक्तिगत दुर्घटना बीमा बापत १५ लाख, औषधीउपचार बीमाका लागि चार लाख, हाई अल्टिच्युटका लागि तीन लाख र खोज तथा उद्धार कार्यका लागी १० लाख ४२ हजार (दश हजार अमेरीकी डलर) सम्म गरी सो मात्राको बीमा कभरेज प्रदान गर्न लागेको हो ।

Crest
Meta Holidays

उक्त महिला पत्रकार सगरमाथा आरोहण २०१८ को बीमा सहयात्रीमा सगरमाथा इन्स्योरेन्स रहेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि महिला पत्रकार रोजिता बुद्धाचार्यको नेतृत्वमा ६ जना महिला आरोहीहरु यस सिजनको सगरमाथा आरोहण गर्न जाने भएका छन् । पत्रकार बुद्धाचार्यको नेतृत्वमा लक्ष्मी कार्की, देउराली चाम्लिङ्ग, कल्पना महर्जन, रोशा बस्नेत र दावा डिक्की शेर्पा यस सिजनको सगरमाथा आरोहण गर्न जान लागेका हुन् ।

ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्पेडिसन मार्फत सगरमाथा आरोहणमा जाने उक्त आरोहण दलको प्रमुख पथप्रदर्शकमा फुर्वा तेन्जिङ्ग शेर्पा रहेका छन् । शेर्पाले हालसम्म १२ पटक सगरमाथाकोे आरोहण गरिसकेका छन् । बिहीवार एक कार्यक्रमका विच उक्त आरोहण टोलीलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x