IME Life

बिमा कम्पनीहरुलाई ग्रामीण क्षेत्रमुखी बनाउने बिमा समितिको तयारी

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख । बीमा कम्पनीको संख्या थपिएसंगै बजार पहुँच र दायरा फराकिलो हुने भएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षबाट उक्त योजना अगाडि सार्ने भएको हो ।

अब बीमा कम्पनी शहर केन्द्रित नभएर ग्रामीण भेगसम्म पुग्ने गरी योजना ल्याउने तयारी भइरहेको समितिले जानकारी दिएको छ । अभिकर्ता परिचालन गर्न नसकेकै कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको समितिले उल्लेख गरेको छ । स्वस्थ प्रतिस्पर्धाको दायरा बढाउने, अभिकर्तालाई बढीभन्दा बढी निखारता ल्याउने, ग्रामीण भेगसम्म पनि नगद प्रवाह समेत हुन थालेको समितिले जनाएको छ । जसले जोखिम न्यूनीकरणमा उपभोक्ताको चासो बढ्दो अवस्थामा रहेको पनि बीमा समितिको भनाई छ ।

Crest
Meta Holidays

बीमा शिक्षा र सचेतनाको अभियान सञ्चालन गर्ने, तालिम दिने, ग्रामिण स्तरसम्म यसको पहुँच पुग्ने गरी योजना अगाडि बढाएको समितिले जनाएको छ ।

मानिसको आम्दानी स्तर कमजोर रहेको, जनचेतनाको कमी, बीमा सम्बन्धी ज्ञानको कमी र भौगोलिक विकटता जस्ता बिषयहरु चुनौतीको देखिएको भएपनि योजना सहित गाउँ–गाउँ पुगेर सामान्य परिवारको आर्थिक स्तर वृद्धि गर्न र बीमाको दिगो विकासमा उक्त योजनाले टेवा पुर्याउने बीमा समितिको विश्वास छ ।

देश संघीय संरचनामा गइसकेको अवस्थामा बीमा कम्पनीहरुले पनि अभ्यास थालिसकेका छन् । युनियन लाईफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णले आफूहरुले सातै प्रदेशमा शाखा सञ्चालनमा ल्याइसकेका जानकारी दिएका छन् । उनले सबैतिर बीमाप्रति चासो बढेको र बीमाप्रति आकर्षण देखिएको पनि बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x