IME Life

आईपीओ पारित गर्ने प्रस्तावसहित सिटिजन लाईफको साधारणसभा भोलि हुँदै

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ६ । सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सेयर आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न भोलि ९वैशाख ७ गते० साधारण सभा डाकेको छ ।

दिउँसो १ बजे शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा सुरु हुने साधरणसभामा इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पनि लैजानेछ ।

Crest
Meta Holidays

साधारण सभा आर्थिक वर्ष २०६३–६४ देखि २०७३–७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब सहितका विवरण पनि साधारण सभाका एजेन्डा हुने कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा सञ्चालनमा आएको यस सिटिजन लाइफको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको कम्तीमा ३० प्रतिशत आइपीओ सर्वसाधारणलाई बिक्री गर्नुपर्ने हुन्छ ।

यसआधारमा, सिटिजनले न्यूनतम ७५ लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्नुपर्छ । अधिकतम ४९५ सम्म आइपीओ जारी गर्न पाउने प्रावधान छ । यस कम्पनीले हाल विभिन्न स्थानमा ३५ वटा शाखा कार्यालय खोलेर बीमा कारोबार सञ्चालन गरिरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x