IME Life

प्रिमियम संकलनमा जीवन बीमाको ८७ प्रतिशत हिस्सा

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ५ । नेपालको बीमा व्यवसायमा निर्जीवन बीमाको तुलनामा जीवन बीमा गर्नेको संख्या उच्च रहेको छ । बीमा समितिले दिएको पछिल्लो तथ्यांक अनुसार बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क मध्ये जीवन बीमाको मात्रै ८६ दशमलव ८० प्रतिशत हिस्सा रहेको देखिएको छ ।

तथ्यांक अनुसार १६ जीवन बीमा कम्पनीले ८० अर्ब ७९ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुले २१ लाख ८४ हजार ३ सय ९१ बीमालेखबाट उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

Crest
Meta Holidays

त्यस्तै यो अवधिमा निर्जीवन बीमा कम्पनीले भने जम्माजम्मी १२ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ८२ हजार ३ सय ८८ बीमा लेखबाट उक्त रकम बराबरको प्रिमियम संकलन गरेका हुन् ।

नेपालमा जीवन बीमा कम्पनी १८ तथा निर्जीवन बीमा कम्पनी १७ गरी कुल ३५ बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । जसमध्ये जीवन बीमा तर्फ रिलायन्स लाईफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानको तथ्यांक उपलब्ध छैन् । त्यस्तै निर्जीवन बीमा तर्फ सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको तथ्यांक प्राप्त भएको छैन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x