शिखर इन्स्योरेन्सका संचालक आङ छिरिङ शेर्पाको राजीनामा स्वीकृत

काठमाडौं, वैशाख ५ । शिखर इन्स्योरेन्स कम्पनीका संचालक आङ छिरिङ शेर्पा को राजीनामा स्वीकृत  भएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले शेर्पाको राजीनामा स्वीकृत गरेको हो।

शेर्पाको शिखर इन्स्योरेन्समा ८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

विभिन्न क्षेत्रमा लगानी तथा व्यवसाय गर्दै आउनुभएका शेर्पा कम्पनीको स्थापनाकालदेखि नै जोडिनुभएको थियो ।

बि. सं. २०६२ को पहिलो साधारणसभामा संचालक समितिको सदस्यमा निर्वाचित भएसंगै त्यस यता उहाँ संचालक रहदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार