IME Life

नेप्सेमा उच्च अंकको वृद्धि, बीमा समूहमा उछाल

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ४ । मंगलबार शेयर बजार परिसुचक नेप्सेमा उच्च अंकको वृद्धि देखिएको छ । आज बजार ३३ दशमलव ६१ अंकले बढेर १ हजार ३ सय ३१ दशमलव १८ को बिन्दुमा पुगेको छ ।

Crest
Meta Holidays

नेप्से परिसुचक ३३ अंकले बढ्दा बीमा समूहमा भने उछाल नै आएको छ । यसदिन कारोबारमा आएका दश समूहमध्ये बीमा समूह ३६० दशमलव ४३ अंकले बढेको छ । त्यसैगरी उच्च कारोबार हुनेमा पनि अधिकांश बीमा कम्पनीहरु नै रहेका छन् ।

आज सबैभन्दा बढी सुर्या लाईफ इन्स्योरेन्सको ५ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको ३ करोडभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र नेको इन्स्योरेन्सको पनि २ करोडभन्दा बढी रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकम अर्ब नजिक

परिसुचकसँगै आज कारोबार रकम पनि अर्ब नजिक पुगेको छ । मंगलबार १६६ कम्पनीको ९५ करोड ४० लाख ६ हजार ५०४ रुपैयाँको १८ लाख ९५ हजार ५०६ कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम सोमबारको तुलनामा ३८ करोडले बढी हो ।

१३ कम्पनीका लगानीकर्ताले गुमाए

उच्च अंकले बजार उकालो लाग्दा १३ कम्पनीका लगानीकर्ता भने सामान्य नोक्सानीमा रहेका छन् । जसमध्ये सहयोगी विकास बैंकको सबैभन्दा बढी ४ दशमलव ५ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यसैगरी, विशाल बजार कम्पनी, ग्लोबल आइएमई समुन्नत स्किम-१, मिसन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, श्री इन्भेष्टमेन्ट बैंकलगातयका कम्पनीको शेयर भाउ केही घटेको छ ।

त्यस्तै १५३ कम्पनीको शेयर मूल्य भने बढेको छ । जसमध्ये महिला सहयात्रा माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x