[BREAKING NEWS]: अझै मरेको छैन आश-महालक्ष्मी लाईफ इन्स्योरेन्स सञ्चालनमा आउने तयारीमा

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ४ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आउने तयारी थालेको छ । बीमा समितीले चालु आर्थिक बर्षको सुरुवातमा नै सञ्चालनको अनुमति दिएको उक्त कम्पनीले तोकेको समयमा चुक्ता पूँजी पुर्याउन नसकेपछि कम्पनी सञ्चालनमा आउन सकेको थिएन ।

हाल बीमा समितिले तोकेको पूँजी पुर्याएर सञ्चालनमा आउने तरखरमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सको उच्च स्रोतले जानकारी दिएको छ । कम्पनीले तोकेको न्यूनतम पूँजी बैंकमा डिपोजिट गरिसकेको र छिट्टै सञ्चालनमा पनि आउने दाबी कम्पनी विशेष श्रोतले गरेको छ।

त आर्थिक वर्ष सञ्चालन अनुमति पाएको तीन महिना अवधिमा चुक्ता पुँजी कायम गरेर आउन बीमा समितिले पत्राचार गरेको भएपनि सो अवधिमा कम्पनीले पूँजी पुर्याउन सकेको थिएन । तोकिएको समयमा पुँजी कायम नगरेपछि महालक्ष्मीले व्यवसाय सञ्चालन अनुमति पाएको थिएन ।

कम्पनीले थप समयका लागि समिति तथा मन्त्रालयमा निवेदन भने दिएको थियो । तर, उक्त निवेदनउपर कुनै पनि कारवाही नभएपछि कम्पनी सर्वोच्चमा समेत पुगेको थियो ।

तर अहिले अबश्यक पैसा जम्मा भै सकेको श्रोतले जनाएको छ ।अब कम्पनी स्थापनाको योजना सहित संचालन अनुमतिको लागि छिट्टै नियमाक निकाय बीमा समितिमा जाने समेत जानकारी विशेष श्रोतबाट प्राप्त भएको छ ।

कम्पनीको चुक्ता पुंजी दुुई अर्ब रुपैयाँ हुनुपर्ने र उक्त पुंजी मध्येमा ७० प्रतिसत अर्थात एक अर्ब ४० करोड रुपैैयाँ संस्थापकको हुनुपर्ने र त्यसमध्ये एक अर्ब २० करोड रुपैयाँ क बर्गका बाँणिज्य बैंकहरुमा जम्मा गनुपर्ने नीति रहेको छ । सोही अनुसार ७० प्रतिसत अर्थात एक अर्ब ४० करोड रुपैैयाँ संस्थापक मध्येबाट चुक्ता गरी क बर्गको बाँणिज्य बैंकमा जम्मा गरी सकियको जानकारी कम्पनी निकट श्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार