IME Life

डिजिटल कारोबारमा सीमा कडाई गर्दै राष्ट्र बैंक, डिजिटल भुक्तानी व्यवस्थित हुने बिश्वाश

SPIL
NIC ASIA

काठमाडौँ बैशाख ०३: डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकले सीमा तोकेर कसिलो बनाएको छ। विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सरोकारवाला सबै पक्ष र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्यनजर गर्दै विद्युतीय भुक्तानी प्रणालीमा नयाँ व्यवस्था लागू गरिएको जानकारी दिए। सिवाकोटीले भने ‘डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरिएको हो, कुनै सीमा नतोकिँदा अनौपचारिक अर्थतन्त्रमा रकम दुरुपयोग हुन सक्थ्यो।’

Prabhu
Crest

नयाँ व्यवस्थाअनुसार डेविट तथा क्रेडिट कार्डबाट रकम निकाल्ने सीमा घटाइएको छ। अब कुनै पनि डेविट कार्ड एटिएममा प्रयोग गर्दा एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ। यसअघि नविल, सिद्धार्थ, ग्लोबल लगायत केही बैंकहरुको कार्डबाट एक पटकको कारोबारमा ३५ हजारसम्म निकाल्न सकिन्थ्यो।

डेविट कार्ड एटिएममा प्रयोग गर्दा दैनिक १ लाखसम्म निकाल्न सकिने सीमालाई भने यथावत राखिएको छ। यद्यपी दैनिक रुपमा अधिकतम ४ पटकसम्म मात्रै एटिएमबाट पैसा निकाल्न पाइनेछ। यसअघि अधिकतम सीमा तोकिएको थिएन भने बैंकहरुले आ–आफ्नै सीमा तय गरेका थिए।

त्यस्तै क्रेडिट कार्डबाट २५ प्रतिशत बढी रकम निकाल्न नपाइने भएको छ, हाल बैंक अनुसार क्रेडिट कार्ड सुबिधा को ९० प्रतिशत सम्म नगद निकाल्न सकिने व्यवस्था रहेको छ, नेपाल राष्ट्र बैंकले सीमा तोकेर क्रेडिट कार्डबाट निकाल्ने रकममा सीमा तोकिएको थिएन। रकम सीमा सकिएमा जम्मा भएको रकमभन्दा बढी झिक्न वा खर्च गर्न नपाइने व्यवस्था गरिएके छ। हाल बैंकहरुले विश्वासका आधारमा रकमको सीमाभन्दा निश्चित प्रतिशत बढी सुविधा समेत दिँदै आएका छन्।

त्यस्तै प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा अधिकतम १० हजारसम्मको सीमा तोकिएको छ। मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम दैनिक १० हजारसम्म गर्न पाइने व्यवस्था गरिएको छ। महिनामा ५० हजारसम्मको सीमा तोकिएको छ।

इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक १ लाखसम्म र मासिक १० लाखसम्मको कारोबार सीमा कायम गरिएको छ। जसअनुसार विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स पनि एक पटकमा एक लाखसम्म मात्रै नगद भुक्तानी हुनेछ। बाँकी रकम भुक्तानी गर्नुपरेमा बैंक खातामार्फत गर्नुपर्नेछ।

विद्युत, इन्टरनेट, एडिएसएल राजश्व लगायतको भुक्तानीमा जतिको बिल आए पनि एकै पटकमा तिर्न सकिने सिवाकोटीले बताए।

विभिन्न वालेटहरुमार्फत हुने कारोबारको अधिकतम सीमा तोकिएको छ। एक पटकमा ५ हजारसम्म, प्रतिदिन १० हजारसम्म र मासिक २५ हजार रुपैयाँसम्म वालेटमार्फत कारोबार गर्न सक्ने सीमा कायम गरिएको छ। वालेट सेवा प्रयोग नयाँ भएकाले यसअघि कुनै सीमा तोकिएको थिएन।

केहीले भने राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई बढवा दिनुको साटो कसिलो बनाएको बताएका छन्। यसले डिजिटल कारोबारलाई निरुत्साहित गर्न सक्ने उनीहरुको आशंका छ।

‘विद्युतीय भुक्तानीलाई सहज बनाउनुको साटो कसिलो बनाउँदा यसले झन् निरुत्साहित हुने हो कि भन्ने आशंका बढेको छ’ एक बैंकर्सले भने। ‘मोबाइल बैंकिङ वा वालेटबाट कारोबार गर्न अधिकतम रकमको सीमा भएपछि त्योभन्दा बढीको कारोबार गर्नुपरेमा नगदकै प्रयोग हुन सक्छ’ उनले भने

नेपाल राष्ट्र बैंकले भने यस व्यवस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने दावी गरेको छ। बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले एटिएमबाट पैसा निकालेर खर्च गर्नुको साटो कार्डबाटै भुक्तानी गर्न सकिने बताए।

‘काउन्टरबाट पैसा निकालेर खर्चिनु र एटिएमबाट निकाल्नु उस्तै हो, हाम्रो उद्देश्य बस्तु तथा सेवाको खरिदमा सिधै कार्डको प्रयोग होस् भन्ने हो’ उनले भने।

मोबाइल बैंकिङ तथा वालेटबाट कारोबार हुने रकम सानो हुने भएकै कारण त्यसमा सीमा लगाइएको उनले बताए। ‘वालेट संचालन गर्नेहरु बैंक होइनन्, ठूलो रकमको कारोबार गर्नका लागि पनि होइन’ उनले भने ‘त्यसकारण पुग्ने मात्रामा सीमा लगाइएको हो।’ सीमा नलगाइएको अवस्थामा सर्वसाधारणबाट लिएको रकमलाई ति संस्थाहरुले अन्यन्त्र परिचालन गरी दुरुपयोग हुन सक्ने उनले बताए।

अहिलेको व्यवस्थाको नतिजा हेरेर आगामी दिनमा सीमा घटबढ गराउन सकिने पण्डितले बताए। ‘यो व्यवस्था हेरेर आगामी दिनमा सीमा बढाउन सकिन्छ’ उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS